एनआईसी एशिया क्यापिटलको “९९ प्रतिशत प्रोफिट योजना” सार्वजनिक

एनआईसी एशिया क्यापिटलको “९९ प्रतिशत प्रोफिट योजना” सार्वजनिक


एनआईसी एशिया क्यापिटलले “९९ % प्रोफिट योजना” संचालन गरेको छ। 

“हजुरहरुको लगानी व्यवस्थापन एनआईसी एशिया क्यापिटलको साथमा, प्रोफिटको ९९% हजुरको हातमा” भन्ने अभियानसहित शेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरु तथा विदेशमा बसोबास गर्ने नेपालीहरुलाई शेयर बजारमा भित्र्याई समग्र शेयर बजारको विकास, विस्तार गर्न महत्वपूर्ण सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ लगानी व्यवस्थापन सेवा (Portfolio Management Service-PMS)  अन्तर्गत सिमित अवधीको लागि “९९% प्रोफिट योजना” संचालन गरेको हो। 

उक्त योजना अन्तर्गत क्यापिटलले सेवाग्राहीहरुलाई निःशुल्क लगानी व्यवस्थापन सेवा उपलब्ध गराउनुको साथै लगानी गरिएको रकमबाट प्राप्त मुनाफामा मात्र १ प्रतिशत Performance Fee  लिने व्यहोरासमेत ल्याएको छ।

९९% प्रोफिट योजना अन्तर्गतका विशेषताहरु:

यस ९९% प्रोफिट योजना अन्तर्गतको सेवाले शेयर बजारसम्बन्धी ज्ञान नभएका नयाँ लगानीकर्ताहरु, लहैलहैमा शेयर बजारमा प्रवेश गरी राम्रोसँग आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न नसकिरहेका लगानीकर्ताहरु, शेयर बजारसम्बन्धी ज्ञान तथा बजारबाट प्राप्त गर्ने अवसरको बारेमा राम्रो जानकारी हुँदाहुँदै पनि समय अभावको कारणले गर्दा लगानी गर्न नसकिरहेका व्यक्ति तथा संस्थाहरुले लाभ लिन सक्ने क्यापिटलको विश्वास रहेको छ। 
 
साथै, उक्त सेवा लिने सेवाग्राहीहरुलाई शेयर बजारसम्बन्धी राम्रो ज्ञान, दक्ष तथा अनुभवी कर्मचारीहरुको समूहबाट सुक्ष्मरुपमा बजारको अध्ययन गरि लगानी गर्ने सम्बन्धी निर्णय गरिने छ। जसले गर्दा बजारमा आउने उतार चढावबाट सेवाग्राहीहरुले उचित लाभ लिन सक्नेछन् ।

एनआईसी एशिया ९९% प्रोफिट योजना अन्तर्गतको सेवा लिनका लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट www.nicasiacapital.com वा सोझै https://portfolio.nicasiacapital.com मा क्लिक गरि रितपूर्वक विवरण भरी उक्त सेवा लिन सकिनेछ।

Skip This
Logo