महेन्द्रनगरको बागफाटामा डिशहोम फाईवरनेटको सोरुम संचालनमा

महेन्द्रनगरको बागफाटामा डिशहोम फाईवरनेटको सोरुम संचालनमा


डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुमको उदघाटन गरिएको छ। सो सोरुमको सञ्चालन जेनिशा मोबाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरले  गर्नेछ।

सोरुम उदघाटन, डिशहोमका तर्फवाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सर्बिस सेन्टर सुपर भाईजर ज्योति फार्सवान, रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएको जेनिशा मोबाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ। 

४०० सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको जेनिशा मोबाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अब अझ बढी ग्राहकहरूमाझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने जेनिशा मोबाइल एण्ड ईलेक्ट्रोनिक सेन्टरका सञ्चालक हजारी चन्दले  जानकारी दिए।

Logo