९ जेठ २०७९ सोमबार
1
1
1
1

सडक छेउमा सुरिलो स्वर गुञ्जाउँदै जीवन चलाउने दृष्टिविहीनहरुको कथा

1
1
1
1
1
1

काठमाडौँको व्यस्त सडक, कहिल्यै खाली नहुने बजार न्युरोड। बिहान, दिउँसो र बेलुका सधैं व्यस्त हुन्छ । झन् बेलुकाको समयमा खुट्टा छिराउने ठाउँ नै हुन्न । 

सबै आफ्नै धुनमा । कोही हात थापेर मागिरहेका हुन्छन्, कोही आफ्नो व्यापार सम्हालिरहेका हुन्छन् त कोही मन परेको चिज किनि/हेरिरहेका हुन्छन् । कोही अपाङ्गता भएर पनि आफूले जे सक्यो त्यही काम गरिरहेका हुन्छन्, संघर्ष गरिरहेका हुन्छन् । त्यसरी नै अपाङ्गता भएका दुई मित्र छन्, त्यही व्यस्त बजारमा । अनि उनीहरुको साथमा एक सहयोगी पनि । उनीहरु न्युरोड चोकको पुल नजिकै सुरिलो आवाजमा गीत गाइरहेका हुन्छन्, म्युजिक ट्रयाकको साथमा । 

ती दुई मित्र हुन् मानबहादुर र अमृत तामाङ । जन्मजातै आँखा नदेखेका उनीहरुको भेट १ वर्ष पहिले मात्र भएको हो । त्यो भन्दा अगाडि उनीहरु पनि आफैं / आफैंमा व्यस्त थिए । अहिले उनीहरु त्यो ठाउँमा मात्र सीमित रहँदैनन् । कहिले भक्तपुरको पुलमा पुग्छन् त कहिले ललितपुर। अनि उनीहरुलाई पनि सहयोगी दिदीले मज्जाले साथ दिइरहेकी हुन्छिन्, जहाँ गएपनि । 

सिन्धुली घर भएका अमृत तामाङ ५ वर्ष अगाडि काठमाडौँ आए । घर परिवारलाई अलिक सहज हुन्छ की भन्ने भावना लिएर उनी केही काम गर्ने साेंचले काठमाडौँ आएका हुन् । काठमाडौँ आएर बस्न त्यति सजिलो कहाँ थियो र ? उनले पनि धेरै संघर्षपूर्ण जीवन बिताउनु पर्यो । उनी भन्छन्, “म जन्मजातै यस्तै हो । कहिल्यै देखिनँ, को कस्तो छ भनेर । घर परिवारमा गाह्रो र समाजको अपहेलना सहन नसकेर ५ वर्ष अगाडि (२३ वर्षको उमेरमा) काठमाडौँ आएँ । घरमा बसौं भने बा आमाको पनि हेला हुनु पर्ला । समाजले त झन् अपाङ्ग भएकाहरुलाई हेर्ने नजर नै फरक हुन्छ । अनि अरु साथीहरु पनि यतै (काठमार्डौँ) थिए । उनीहरुले हामी जस्ताले गर्न सक्ने काम छ, आइजो भनेर बोलाउँन थाले । त्यसपछि आएँ म पनि काठमाडौँ ।”

सिन्धुली घर भएका अमृत तामाङ ५ वर्ष अगाडि काठमाडौँ आए । घर परिवारलाई अलिक सहज हुन्छ की भन्ने भावना लिएर उनी केही काम गर्ने साेंचले काठमाडौँ आएका हुन्। काठमाडौँ आएर बस्न त्यति सजिलो कहाँ थियो र ? उनले पनि धेरै संघर्षपूर्ण जीवन बिताउनु पर्यो ।

उनी पहिले आएर साथीसँगै बस्न थाले। अनि वत्ती उद्योगमा काम गर्न थाले साथीसँग मिलेर । वत्ती उद्योगमा उनले ३ वर्ष मार्केटिङको काम गरे । अनि २ वर्ष भयो, छोडिदिए त्यो काम र गीत गाउन लागे । भन्छन्, “काठमाडौँ आएर यो मात्र काम गरिनँ मैले । वत्ती उद्योगमा मार्केटिङको काम गरें, सहयोगीको साथमा । त्यहाँबाट पनि राम्रै कमाई भैरहेको थियो । मलाई गीत गाउन सानैबाट रुची भएकाले गीत गाउन सुरु गरें । 

अमृतको परिवारमा उनी मात्र दृष्टिविहीन होइनन् । उनका २ जना भाइहरु पनि यस्तो समस्यामा छन् । उनीहरुले आफ्नी जन्म दिने आमालाई समेत देख्न पाएनन् । अमृतले कति पनि पढ्न पाएनन् । उनका भाइहरुले पनि पढ्न पाएनन् । एकजना भाइको चाहिँ दुवै आँखाले काम गर्ने भएको हुनाले उनलाई पढाउनकै लागि भए पनि उनी काठमाडौँ आएका हुन् । भन्छन्, “घरका ४ जना छोरामध्ये ३ जनाले आँखा देख्दैनन् । अनि कान्छो भाइ पढाउनका लागि मात्र भए पनि संघर्ष गरिरहेको छु । आफूले पढ्न नपाएपनि भाइलाई पढाउन सकियोस् भन्ने मेरो सोँच हो ।” अमृतले अहिले बिहे पनि गरेका छन् । उनकी श्रीमती बच्चाको साथमा घरमै बस्छिन् । 

अमृत र मानबहादुरको भेट भएको १ वर्ष मात्र भयो । उनीहरुको भेट कलङ्कीमा भएको हो । त्यहीँबाट उनीहरु साथमै काम गरिरहेका छन् । सडकमा दिनभरि गीत गाउँदा कहिले २५ सय रुपैयाँ कमाउँछन् त कहिले ३ हजार । अनि त्यो कमाइ तीन जनामा भाग लगाउनु पर्छ । मानबहादुर भन्छन्, “गाउँमा पनि केही काम नभएर आएको, घृणा सहन नसकेर आएका हामी यहाँ आउँदा पनि सजिलो त कहाँ थियो र तर बाँच्नका लागि केही त गर्नै पर्यो । त्यही भएर हामी पनि खाने मेलो गरिरहेका छौँ।”

उनी फेरि थप्छन्, “बाटोमा हिँड्ने मान्छे कोही त के के नराम्रो भन्दै हिँड्छन्। अनि राम्रा पनि भेटिन्छन्, कोही कोही । आँखा नदेखे पनि वरिपरीको अवस्था सबै थाहा हुन्छ। चलिरहेको छ, जिन्दगी दिनमा एक जनाको भागमा ४ सय रुपैयाँदेखि ७ सय रुपैयाँसम्म हुन्छ। हात थापेर माग्नुभन्दा आफूमा भएको क्षमता देखाएर खान पाउँदा खुशी लाग्छ । हामी यो गीत गाउनुका साथै मार्केटिङ पनि गर्छौं । त्यसबाट पनि राम्रै कमाई हुन्छ।”

प्रकाशित: २६ बैशाख २०७९ ०८:२० सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी