सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीकाे स्थिर

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीकाे स्थिर


नेपाली बजारमा सुनको मूल्य सोमबार (आज) सामान्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९८ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला १ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । 

Logo