नेप्सेमा उच्च अंकको वृद्धि, १ अर्ब ३५ करोडको कारोबार

नेप्सेमा उच्च अंकको वृद्धि, १ अर्ब ३५ करोडको कारोबार


कारोबार हुने साताको तेस्रो दिन मंगलबार (आज) पनि शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । सोमबार १२ दशमलव २७ अंकले बढेको बजार आज पनि ४४ दशमलव १६ अंकले बढेर २ हजार ३१३ विन्दुमा पुगेको हो । 

मंगलबार २२६ वटा धितोपत्रको ३३ लाख ३० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

मंगलबार १३ वटै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी फाइनान्स समूहको ३ दशमलव २७ प्रतिशतले बढेको हो । त्यस्तै, आज ४ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागको छ । शेयर मुल्य सर्किट लाग्ने कम्पनीमा  जाल्पा सामुदायिक लघुवित्त, बरुण हाइड्रोपावर, ङादी गु्रप पावर र यूनिभर्सल पावर कम्पनी रहेका छन् ।

कारोबार रकमको आधारमा न्यादी पावर कम्पनीको ९ करोड ९८ लाख ३ हजार ७० रुपैयाँ बराबरकोे शेयर खरिद बिक्री भयो ।  

Logo