१ हजारले घट्याे सुनको मूल्य

१ हजारले घट्याे सुनको मूल्य


बुधबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ। १ हजारले घटेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।  

यस्तै, तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम गरिएको छ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुनको मूल्य ७०० ले घटेर तोलाको ९८ हजारमा किनबेच भएको थियो।  तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० कायम गरिएको थियो। 

सुनको मूल्य ओरालो लागेसँगै  चाँदी पनि सस्तिएको छ। आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १२ सय ४५ कायम गरिएको महासंघले जनाएको छ।

Logo