९ जेठ २०७९ सोमबार
1
1
1
1

नौ महिनामा २५ खर्ब ६८ अर्बको अन्तर-बैंक कारोबार

1
1
1
1
1
1

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो नौ महिना २५ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँको अन्तर-बैंक कारोबार भएको जनाएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिको सो कारोबार भएको हो । 

उक्त अवधिमा वाणिज्य बैंकहरुको २२ खर्ब ९९ अर्ब २२ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु ९वाणिज्य बैंकहरुबीच बाहेक० को २ खर्ब ६९ अर्ब ६८ करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ८ खर्ब ७५ अर्ब ५० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको १ खर्ब ५९ अर्ब ४२ करोड रुपैयाँ गरी कुल १० खर्ब ३४ अर्ब ९२ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो ।

बैंकिंग अर्थ संसार

प्रकाशित: २८ बैशाख २०७९ १८:०२ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी