नेपाल टी–२० लिग असोजमा हुने

नेपाल टी–२० लिग असोजमा हुने


नेपाल क्रिकेट संघ (क्यान)ले होम एण्ड अवेका आधारमा नेपाल टी–२० लिग गर्ने गरि मिति घोषणा गरेको छ। काठमाडौंको एक होटलमा भब्य कार्यक्रमबीच क्यानले मिति घोषणा गरेको हो। प्रतियोगिता ८ असोजमा सुरु भई ५ कात्तिकमा समापन हुनेछ। 

खेलका लागि क्यानले भारतीय कम्पनी सेभेट थ्री स्पोर्टससँग कमर्सियल पार्टनरको रुपमा सम्झौता गरेको छ। घोषणासँगै नेपाली क्रिकेट नयाँ आयामतर्फ बढेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जनाए। 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संघका आधिकारिक लिगको मिति र प्रतियोगिता घोषणा गर्न पाउँदा खुसी लागेकाे बताए। प्रतियोगिता कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ। प्रतियोगिता होम एण्ड अवेका आधारमा हुने चन्दले बताए । 

यस्तै, प्रतियोगितासँगै क्यान आर्थिकरुपमा बलियो हुने उनले बताए। टिमको नाम र घोषणा १५ दिनपछि गर्ने बताए । 

Logo