शेयर बजारमा ८ दशमलव ९० अंककाे वृद्धि, १ अर्ब ३२ करोडको कारोबार

शेयर बजारमा ८ दशमलव ९० अंककाे वृद्धि, १ अर्ब ३२ करोडको कारोबार


बुधबार (आज) शेयर बजारमा सामान्य वृद्धि भएको छ। मंगलबार ८४ दशमलव ९० अंकले ओरालो लागेको बजारमा आज ८ दशमलव ९० अंकले बढेर २ हजार २७४ दशमलव ४२ विन्दुमा पुगेको हो । 

बुधबार २२७ वटा धितोपत्रको ३१ लाख ५६ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

बुधबार १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढि हाइड्रोपावर समूहको २ दशमलव शून्य ८ प्रतिशतले बढेको हो । 

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५ करोड ३८ लाख ३० हजार ८५७ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

Logo