काठमाडौं । तपाईलाई लाग्न सक्छ मोवाईल किन्दा धेरै पैसा चाहिन्छ । तर अब भने ६५० रुपैयाँमै मोबाइल पाइने भएको छ । त्यसमा पनि एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा पाईने भएको छ ।
चाबहिल चुच्चेपाटीस्थित के एल मोबाइलहबमा जेठ २७ गतेदेखि मनसुन मोबाइल मेगा अफर चल्ने भएको छ । हो त्यहि ६५० रुपैयाँको मोबाइल र एक किन्दा अर्को सित्तैमा पाइने त्यहि मनसुन मोबाइल मेगा अफरमा हो ।
मोबाईल मेलाअवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । बिग सेल अन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइनेछ । मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मोबाइल हबले मिलाएको छ ।
मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिनाअवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सकिनेछ । मेला अवधिमा मोबाइल खरिद गर्नेले एफक्युब सिनेमाको टिकट निःशुल्क पाउने छन् । विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवस्था गरिएको छ ।
मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोला प्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने मोबाइल हबले जनाएको छ । केएल मोबाइलहब चाबहिलका साथै दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तलामा रहेको एप्पल वल्र्ड मोबाइल, सिटिसी मल सुन्धाराको भुई तलामा रहेको सिटिसी मोबाइल हबमा पनि उल्लेखित अफरसहित मेला सञ्चालन हुने छ । मेला दुई साता आगामी असार १५ गते सम्म चल्नेछ ।
प्रकाशित: २३ जेठ २०७६ १८:५९ बिहीबार