आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकवीच साझेदारी सम्झौता

आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकवीच साझेदारी सम्झौता


आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकवीच पार्टनर बैंक सम्झौता भएको छ । हालै राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकावीच सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सम्झौता पत्रमा आइएमई पेका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सिसिबिएलको तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरे । सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाइल वालेट एपमा सेञ्चुरी कमर्सियल बैंकको खाता लिंक गरि बैंकको वित्तीय सुबिधाहरु आइएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रष्ट्याएको छ।

हालसम्म नेपालको २३ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग सो सम्झौता गरेको आइएमई पेले यस लिंक–अपको विभिन्न फाइदाहरु भएको जनाएका छ। आइएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार सेञ्चुरी कमर्सियल बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्छ।

उपभोक्ताले सिधै आइएमई पेको पिन नं। राखी पैसा पठाउन वा सार्न मिल्ने ९बैंक खाताको विवरण नचाहिने० तथा आफ्नो सेञ्चुरी कमर्सियल बैंकको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरि सिस्टम अध्यावधिक गरिएको जनाएको छ ।

Logo