प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य


नेपाली बजारमा सुनको मूल्य आइतबार (आज) प्रतितोला ७०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९७ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ९८ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार १ हजार २७० रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ।

Logo