खेर जाने गहुँको छ्वालीलाई चित्रमा परिणत गर्दै चार्ली : ‘स्वदेशभन्दा विदेशबाट बढी अर्डर आउँछ’

खेर जाने गहुँको छ्वालीलाई चित्रमा परिणत गर्दै चार्ली : ‘स्वदेशभन्दा विदेशबाट बढी अर्डर आउँछ’


मानिसभित्र आफ्नै कला हुन्छ । कसैको गीत गाउने, विभिन्न डिजाइनका कपडा बनाउने, हातबाट विभिन्न किसिमका चित्र बनाउने, माटोबाट विभिन्न किसिमका आकृति बनाउने त कोहीसँग फालिरहेका सामानबाट पनि विभिन्न आकृति बनाएर बेच्न सक्ने क्षमता हुन्छ। अनि ऊ आफ्नो कलालाई बाहिर प्रस्फुटन गरेर संसारभर चिनिन चाहान्छ, अनि आफ्नो कला संसारभर देखाउन चाहान्छ । यसरी नै आफूले जानेको कलालाई बाहिर प्रस्फुटन गरेर देशदेखि विदेशसम्म आफूलाई चिनाउन सफल भएका छन् चार्ली बानियाँ । 

भक्तपुरको सूर्यविनायकमा जन्मिएका चार्ली अहिले २३ वर्षका भए । गाईवस्तुलाई घाँसको रुपमा दिइने गहुँको छ्वालीलाई उनी सुन्दर तस्विरमा बदलिदिन्छन् । सानैदेखि आर्ट बनाउन मन पराउने उनी पहिले पहिले त विभिन्न वस्तु वा चराका चित्र बनाउँथे । अनि मानिसको तस्बिर पनि बनाउन सकिन्छ की भनेर कोशिस गर्दा गर्दै त्यो कोशिस सफल भएको छ । उनले मानिसका चित्र बनाउने कामलाई निरन्तरता दिन थालेको करिब ४ वर्ष भैसक्यो । 

उनी भन्छन्, “मेरो बुवा ममिको घर चाहिँ भारत हो । तर उहाँहरु पहिलेदेखि नै यहाँ आउनु भएको हो । हामी सबै जना सूर्यविनायकमै बसिरहेको छौँ । म सानो देखिनै विभिन्न चराहरुका अनि अरु पनि चित्र बनाइरहन्थेँ । जब मेरो १२ कक्षा सकियो तब अब के गर्ने होला भनेर सोच मनमा आयो । मैले चराहरुको चित्र त बनाएकै थिएँ तर मान्छेको भने बनाएको थिएन । अनि पहिलोचोटी ‘मिस नेपाल २०१८’ श्रृंखला  खतिवडाको चित्र बनाउन कोशिस गरेको राम्रो नै बन्यो । त्यसपछि मलाई लाग्न थाल्यो मान्छेको तस्बिर पनि बनाउन सक्ने रहेछु भनेर । अनि त्यहीँबाट निरन्तर गरिरहेको छु ।”

कामलाई निरन्तर प्रयास गर्यो भने एकदिन सफल पक्कै होइन्छ । तर प्रयास गर्न चाहिँ छोड्नु भएन । ‘मेरो कलालाई पनि एकदम धेरै माया गरिदिनुभएको छ, यही नै मेरा लागि सबैभन्दा ठूलो कुरा हो।’

मानिसको चित्र बनाउनका लागि धेरै नै मिहेनत गर्नुपर्यो । पहिला साथीले गरेको काम हेरेर म पनि सक्छु कि भनेर लागिपरेका उनी अहिले देश विदेशसम्म चिनिनँ सफल भएका छन् ।

आमा बाबाको जन्मथलो भारत भए पनि कर्मथलो नेपाल बन्यो । उनका वुबा औषधी उद्योगमा काम गर्छन् भने आमा घरको काम साथै उनलाई अलिअलि सघाउछिन् । उनी १२ कक्षापछि आईटीमा भर्ना भएका थिए तर कोरोना भाइरसका कारण देशव्यापी लकडाउन भएर उनले पढाईलाई निरन्तरता दिन पाएनन् । भन्छन्,‘पढ्न त मन थियो तर लकडाउन भएर मैले पढिनँ, भर्ना चाहिँ गरेको थिएँ आईटीमा । अहिले त यहीँ कामलाई मात्र प्राथमिकता दिएको छु ।’

उनले पहिलोपटक ‘ह्याकर मास्क’को चित्र ७५० रुपैयाँमा बेचेका थिए । अहिले आफ्नो कलालाई व्यवसायका रुपमा लिएका छन् । भन्छन्, ‘मैले चित्र बेच्न सुरु गर्दा ७५० मा बेचेको हो एउटा । मैले यसरी यही कामलाई व्यवसायका रुपमा लिन्छु भनेर सोचेको पनि थिएन । अनि पहिले त थाहा नभएर सस्तोमै दिएँ । विस्तारै गर्दै गएँ । प्रतिक्रिया पनि राम्रै आयो । अनि काम पनि आउन थाल्यो । अहिले एउटा चित्रको मूल्य ४५ सय रुपैयाँ राखेको छु ।’ 

उनी छ्वाली कहिले किनेर ल्याउँछन् त कहिले साथीको बाट त्यसै पनि ल्याउँछन् । उनलाई छ्वाली ल्याएको ठाउँबाट यति पैसा देउ भनेर मूल्य तोक्दैनन् । उनी भन्छन्, ‘एक बोरा छ्वालीमा १० देखि १५ प्रतिशत मात्र छ्वाली काम लाग्छ । धेरैजसो त साथीको बाट ल्याउँछु । जहाँबाट ल्याए पनि पैसा यति दे भनेर कसैले भन्नुहुन्नँ । आफैँ देउ भन्नुहुन्छ म आफैँ दिन्छु । त्यति धेरै त दिनुपर्दैन ।’

चित्र बनाउने कामलाई नै प्राथमिकता दिएका उनलाई लकडाउनमा पनि केही असर गरेन । उनलाई लकडाउनको समयमा पनि काम आइरह्यो । भन्छन्, ‘मलाई काम गर्नका लागि लकडाउनमा कुनै पनि समस्या भएन, झन् काम आउँन थाल्यो किनकी लकडाउनको समयमा उनले आफैँ बनाएको गहुँको छ्वालीबाट बनाएको भिडियो फोटोहरु फेसबुकमा हालेपछि मान्छेले चिन्दै गए । अनि मेरो अन्तर्वार्ता लिएर हाल्नुभयो । झन् त्यसपछि प्रचार प्रसार बढ्दै गयो । अनि त अर्डर झन् थपिँदै गए । लकडाउनको समयमा पनि काम गर्न केही दुःख भएन ।’

उनलाई देशबाट मात्र नभएर विदेशबाट पनि अर्डर आउँछ । सबैभन्दा बढि चाहिँ युएसबाट आउँछ । भन्छन्, ‘मलाई एउटा चित्र बनाउन २ दिन लाग्छ । नेपालबाट त त्यसै पनि अर्डर आइहाल्छ । तर, नेपालबाट भन्दा बढी विदेशबाट आउँछ । सबैभन्दा बढी युएसबाट आउँछ । कहिलेकाहीँ मैले नै पठाइदिनु पर्छ त कहिले उहाँहरुको आफन्तले लिएर जानुहुन्छ । लिन आउँदा मेरो काम मन पराएर अझै ल्याइदिउँला पनि भन्नुहुन्छ । धेरै खुशी लाग्छ । तर कसैले चाहिँ अर्डर गर्नुहुन्छ  अनि लिन आउनुहुन्नँ । यस्तो बेला चाहिँ धेरै दुःख लाग्छ ।’

दुःख सुख सबै कुराको अनुभव लिएर आफ्नो कामलाई निरन्तरता दिएर अघि बढेका उनी निरन्तर प्रयासले नै मानिसमाथि पुग्ने बताउँछन् । भन्छन्, ‘काम गर्दा धेरै दुःख पनि भयो होला । हुन्छ नै, केही काम सजिलो आफैँ हुने होइन, बनाउँने हो । 

कामलाई निरन्तर प्रयास गर्यो भने एकदिन सफल पक्कै होइन्छ । तर प्रयास गर्न चाहिँ छोड्नु भएन । ‘मेरो कलालाई पनि एकदम धेरै माया गरिदिनुभएको छ, यही नै मेरा लागि सबैभन्दा ठूलो कुरा हो।’

Logo