निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन नाडाको आग्रह

निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र खोल्ने कार्यलाई निरन्तरता दिन नाडाको आग्रह


नाडाले नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउँदै NADA PERSPECTIVE on Current Scenario- Restriction on Import for Passenger Automobiles सार्वजनिक गरेको छ।

१ खर्वभन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्वभन्दा बढी राजश्वमा योगदान पुर्याउँदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्षरुपमा १ लाख र अप्रत्यक्षरुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दै आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाज गरि सरकारले निजी प्रयोजनका कार, जीप र भ्यानलाई आउँदो आषाढ मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिवन्धसमेत लगाएको छ। 

नाडाले केही दिनअघि मात्रै निजी प्रयोजनका कार, जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझावसमेत पेश गरिसकेको छ। नाडाबाट प्रस्तुत  NADA PERSPECTIVE on Current Scenario- Restriction on Import for Passenger Automobiles बाट नेपालको अटोमोवाइल क्षेत्रबारे यथार्थ जानकारी प्राप्त हुने अपेक्षासमेत गरिएको छ।

Logo