वीरगञ्ज नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने निर्णय

वीरगञ्ज नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने निर्णय


मधेश प्रदेशको एकमात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्ने भएको छ। 

महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहकाे पहिलो निर्णय अनुसार मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने भएको हो ।

विद्युत् महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरि कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताए। यसैबीच सडक विभाग मातहतमा रहेको वीरगञ्जको घण्टाघरबाट माईस्थान चोकसम्मको कालोपत्र सडकलाई विभागको सहमतिमा मर्मतसम्भारको काम अघि बढाउने निर्णय भएकाे समेत बताए ।

त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडकखण्डको कालोपत्र बिग्रिएका कारण आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटनासमेत भएकाले महानगरपालिकाले उक्त सडकलाई तत्काल मर्मतसम्भार काम अघि बढाइएको नगरप्रमुख सिंहले जानकारी दिए।

Skip This
Logo