1
1
Kendrabindu - News & Articles from Nepal

खेतीपातीको सिजनका बेला कर्णालीमा रासायनिक मल अभाव

1
1
1
1
1
1
1
1

कर्णालीमा रासायनिक मलको अभाव भएको छ ।

खेतीपातीको सिजनका बेला मल अभाव भएको हो । वर्षायाम सुरु  हुनै लाग्दा किसान खेतबारीतिर लागेका छन् । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश भनिए पनि यहाँ दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दो छ । खेतीपातीको सिजन सुरु भएसँगै वर्षेनी कर्णालीमा मल अभाको समस्या हुँदै आएको छ । विगतका वर्षझैँ कर्णालीका कृषकले यसपालि पनि मल नपाउने भएका हुन् ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डिएपी र १० टन पोटास मौज्दात रहँदा युरिया मलको अभाव छ ।दैनिक वितरणको अवस्था हेर्ने हो भने कम्पनीसँग १० दिनलाई मात्र पुग्ने युरिया बाहेकको मल बाँकी छ । चालु आर्थिक वर्षको मंसिर मसान्तमा ६ सय ३५ टन डीएपी मल आएकोमा पाँच सय ३० टन विक्री भएको छ ।

युरिया चालु आर्थिक वर्षको मंसिर मसान्तमै ८ सय ९४ टन आएकोमा गत चैत २३ गते नै सकिएको छ । अहिले कम्पनीसँग युरिया मल छैन । कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख अमूल्यलाल श्रेष्ठलले गत मंसिरमै आएको ७३ टनपोटास मल ६३ टन विक्री भइसकेको बताए ।

‘हामीसँग अहिले डीएपी र पोटास मलमात्र मौजदात छ,’उनले भने्, ‘यसलाई समानुपातिक हिसावले वितरण गरिरहेका छौं । भारत सरकारले मल दिने भनिए पनि पछिल्लो समय नदिने भएपछि मल अभाव भएको छ । कम्पनीमा मल आउने नआउने विषय निश्चित पनि छैन ।’

कम्पनीले कर्णाली प्रदेशका सल्यान र रुकुमबाहेकका आठ जिल्लामा दर्ता भएका १०८ सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । कर्णालीमा युरिया मल बढी खपत भएपनि साविक कर्णाली अञ्चलमा रासायनिक मलको प्रयोग कम हुने गरेको कार्यालयले जनाएको छ ।

साविक भेरी अञ्चलका पाँच जिल्लामा भने रसायनिक मलको प्रयोग बढ्दै गएको प्रमुख श्रेष्ठले दाबी गरे । कर्णालीमा वितरण हुने मलमा कम्पनीले ७० र ३० प्रतिशत साल्ट ट्रेडिङ्ग कर्पोरशनले वितरण गर्दै आएको छ । हाल साल्ट ट्रेडिङ्गमा पनि युरिया मलको अभाव छ ।

कृषि अर्थ संसार

प्रकाशित: २० जेठ २०७९ ०७:१६ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी