यति चाडैं डिजीटल भुक्तानीको विकास हुन्छ जस्तो लागेको थिएन : गभर्नर अधिकारी

यति चाडैं डिजीटल भुक्तानीको विकास हुन्छ जस्तो लागेको थिएन : गभर्नर अधिकारी


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको विकास उत्साहजनक देखिएको बताएका छन् । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले कोरोना कालपछि नेपालले डिजीटल पेमेन्टमा फड्को मारेको दाबी गरे । 

अधिकारीले १-२ बर्षअघि यस्ता कार्यक्रमहरुमा नेपालको अर्थतन्त्र कहिले डिजीटलाइज हुन्छ भनेर प्रश्न आउने गरेके स्मरण गर्दै आजको कार्यक्रममा त्यस्तो प्रश्न आउने अवस्था नभएको बताए । पछिल्लो २ बर्षमा नेपालको अर्थतन्त्र व्यापाक रुपमा डिजीटलाइज भएको उनको भनाइ थियो ।

 बिशेषगरि भुक्तानी प्रणालीमा डिजीटलाइजेशको व्यापाक रुपमा विकास भएको अधिकारीले बताए । ‘पहिला डोकोमा नोट बोकरमा जिल्लामा पुर्याउनुपर्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन,’ उनले भने, ‘कोरोनापछि भने भुक्तानी प्रणालीमा नयाँ मोड आएको छ । यसको लागि भिसा, मास्टर कार्ड, नेपालका प्रक्डट डेप्लपहरु, बैंक तथा वित्तिय संस्था, भुक्तानी सेवा प्रदायक कम्पनीहरुको महत्वपूर्ण योगदान छ ।’

सरकारी सेवाको भुक्तानी ९० प्रतिशत बैंक मार्फत हुनुपनि आफैंमा उपलब्धी मुलुक रहेको बताउँदै उनले भने, ‘मैले २०७७ पुस १० गते नक्सालको तरकारी बजारमा क्यूआर पेमन्ट सुविधाको उद्घाटन गरेको थिए ।'

कार्यक्रममा गभर्नर अधिकारीले त्यसबेला छोटो समयमै नेपालीको भुक्तानी प्रणाली यो स्तरमा आउला भन्ने विश्वास नभएको बताए । आजको दिनसम्म आउँदा अधिकांश क्षेत्रमा अनलाइन भुक्तानीको सुविधा विस्तार भएको जानकारी दिँदै अधिकारीले केही समयअघि हलेसी मन्दिरमा जाँदा बाटोमा कतै पनि नगद पैसा भिक्न नपरेको स्मरण गरे । योनै डिजीटल भुक्तानीमा भएको ठुलो उपलब्धी भएको उनको दाबी छ ।

नेपाललाई फुल्ली डिजीटलाइज तथा पेपरलेस बनाउन बाँकी नै रहेको अधिकारीले बताए । ‘हामी यत्तिमै सन्तुष्टी भएर बस्न हुनुहुदैन । डिजीटल भुक्तानीदेखि सिंगो अर्थतन्त्रलाई अझ डिजीटलाइजन बनाउन बाँकी नै छ । मोवाइल नचलाउने, इन्टरनेट नहुने ठाउँमा कसरी डिजीटल पेमेन्ट विस्तार गर्ने भनेर पनि सोच्नुपर्ने छ,’ उनले भने, ‘डिजीटल करेन्सी ल्याउने बिषयमै काम गर्न बाँकी छ ।'

थप प्रविधिबारे अध्ययन भइरहेको बताउँदै गभर्नर अधिकारीले बैंक क्षेत्रलाई प्रविधियुक्त बनाउन आवश्यक रहेको उल्लेख गरे ।

Skip This
Logo