एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता

एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता


एनएमबि बैंक र वैकल्पिक ऊर्जा बीच सम्झौता भएको छ । एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रर केन्द्रीय नवीकरणीय ऊर्जा कोषको बीचमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो । यो सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशहरुमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावा रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यसले एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्ने छ ।

बैंकले स्वच्छ ऊर्जाको प्रवद्र्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दीगो तरीकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथ दिईरहेको छ ।

बैंकले अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा लगानी सिद्धान्तहरुको आधारमा आफ्नो हरित लगानी कार्यविधी र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणालीको विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरु र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत समेटेर तयार पारेको छ ।

बैंकले जनवरी २०१८ देखि नै केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिकामा समेत कार्य गर्दै आईरहेकोे छ ।बैंकले देशैभरी रहेका २०१ शाखाहरु, १३८ एटिएमहरु, ११ एक्सटेन्सन काउन्टरहरु मार्फत अत्याधुनिक एवं उच्चस्तरीय बैकिङ्ग सेवाहरु प्रदान गदै आइरहेको छ ।

Logo