1
1
1
1
1
0
Shares

कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्यायो (पूर्णपाठसहित)

1
1
1
1
1
1
1
1

सुर्खेत । कर्णाली प्रदेशले ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि उक्त बजेट ल्याएको हो । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् ।

चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य छ राखिएको छ । चालु बजेटमा खर्च नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार छ ।

यस्तै संघीय सरकारबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट आउने २ करोड ७४ लाख र सशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख छ । समपुरक र विषेश अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख अनुदान प्राप्त हुनेछ । नपुथ ७५ करोड आन्तरिक ऋणबाट जुटाइने आर्थिक मामिलामन्त्री ज्वालाले पेश गरेको बजेटमा उल्लेख गरिएको छ ।

[pdf-embedder url=”https://assets.kendrabindu.com/archive/2019/06/karnali.pdf”]

प्रकाशित: १ असार २०७६ १७:४५ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी