नेपालमा रोयल इन्फिल्ड बाइकको नयाँ मूल्यसूची सार्वजनिक, ७ लाखदेखि ९ लाख ३५ हजार सम्म पुग्यो

नेपालमा रोयल इन्फिल्ड बाइकको नयाँ मूल्यसूची सार्वजनिक, ७ लाखदेखि ९ लाख ३५ हजार सम्म पुग्यो


नेपालमा रोयल इन्फिल्ड बाइकको नयाँ मुल्यसुची सार्वजनिक भएको छ । 

आधिकारिक विक्रेता तोकिएपछि पहिलो पटक अल्फा अटोमोटिभ्सले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको मूल्य सूची अनुसार क्लासिक ३५० का सबै मोडलको मूल्य ७ लाख रुपैयाँ कायम गरिएको छ । 

त्यसैगरी ७ मोडलमा उपलब्ध मेटियर ३५० को मूल्य ८ लाख ७५ हजार देखि ९ लाख ३५ हजार रुपैयाँ सम्म तोकिएको छ । हालै बजेटमार्फत सरकारले २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलको मूल्य बढाए पछि रोयल इन्फिल्डको मूल्य पनि त्यसै अनुसार बढेको छ । 

नेपालमा हाल बिक्रीका लागि उपलब्ध रोयल इन्फिल्डका सबै मोटरसाइकल ३५० सीसीका छन् । बजेट अनुसार सरकारले अहिले २५० देखि ४०० सीसीसम्मको मोटरसाइकलमा ७० प्रतिशत भन्सार र ८० प्रतिशत अन्तःशुल्क लगाएको छ । यसअघि ३० प्रतिशत मात्रै भन्सार लाग्ने गरेकोमा हाल भन्सार शुल्क नै ७० प्रतिशत पुगेको हो ।

हाल सोरुम निर्माणको क्रम चलिरहेको र कमलपोखरीको सिटी सेन्टरमा स्थापित टच प्वाइन्टमार्फत मोटरसाइकल टेस्ट राइड र बुकिङ गर्न सकिने आधिकारिक विक्रेता अल्फा अटोमोटिभ्सले जनाएको छ ।


 

Skip This
Logo