अमेरिकी सेनाका एसिया-प्रशान्त प्रमुखद्वारा प्रधानमन्त्रीसँग शिष्टाचार भेट

अमेरिकी सेनाका एसिया-प्रशान्त प्रमुखद्वारा प्रधानमन्त्रीसँग शिष्टाचार भेट


अमेरिकी सेनाको एसिया-प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग आज शिष्टाचार भेट गरेका हुन् । 

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए । 

Logo