नेपाल भित्रने रेमिट्यान्स बढ्यो, पछिल्लो दश महिनामा ८ खर्ब ११ अर्ब भित्रियो

नेपाल भित्रने रेमिट्यान्स बढ्यो, पछिल्लो दश महिनामा ८ खर्ब ११ अर्ब भित्रियो


नेपाल भित्रने रेमिट्यान्समा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ । 

सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आथिक वर्ष २०७७र७८ को सोही अवधिमा विप्रेषण आप्रवाह १९।२ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षमा रेमिट्यान्स अमेरिकी डलरमा १।६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ । 

Logo