१५ दशमलव ८२ अंकले घट्यो नेप्से , कारोबार रकममा भने वृद्धि

१५ दशमलव ८२ अंकले घट्यो नेप्से , कारोबार रकममा भने वृद्धि


सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ  । शुक्रबार १४ दशमलव ६४ अंकले घटेको बजार आज पनि १५ दशमलव ८२ अंकले घटेर २ हजार ३२ दशमलव ३४ विन्दुमा झरेको हो ।

सोमबार २३० वटा धितोपत्रको २९ लाख २० हजार ७०५ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

सोमबार १३ वटै समूहको परिसूचक राताम्मे भएको छ भने आज बलेफी हाइड्रोपावर कम्पनी र ग्रीन भेञ्चर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको ९ करोड १ लाख भन्दा बढीको शेयर खरिद विक्री भयो ।
 

Logo