सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८०० ले घटेर ९७ हजार १०० मा आएको छ।
अघिल्लो दिन प्रतितोला ९८ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४०० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ।
प्रतिक्रिया