शेयर बजारमा २९ दशमलव ८९ अंकको गिरावट

शेयर बजारमा २९ दशमलव ८९ अंकको गिरावट


बुधबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ  । मंगलबार ३६ दशमलव शून्य ७ अंकले घटेको बजार आज पनि २९ दशमलव ८९ अंकले घटेर १ हजार ९६६ दशमलव ३७ विन्दुमा झरेकोे हो ।  बुधबार २२९ वटा धितोपत्रको ४१ लाख ८२ हजार २६९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

बुधबार १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको २ दशमलव ३२ प्रतिशतले घटेको हो । आज आधिँखोला लघुवित्त वित्तीय संस्थाको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको १२ करोड ५७ लाख १४ हजार ६४८ रुपैयाँको शेयर खरिद विक्री भयो ।
 

Logo