आइएमईको जोड्दै छ नाता अफर सार्वजनिक

आइएमईको जोड्दै छ नाता अफर सार्वजनिक


इन्टरनेशनल डे अफ फेमिली रेमिट्यान्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ। 

अफर अनुसार इन्टरनेशनल डे अफ फेमिली रेमिट्यान्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति रु. २२,०००/‐ (कर वाहेक) उपलब्ध गराउने छ ।  

यो अफर इन्टरनेशनल डे अफ फेमिली रेमिट्यान्सका रुपमा मनाइने १६ जुन २०२२ एकदिनका लागि मात्र लागू हुनेछ। 

संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करोडौं नागरिकहरूले रेमिट्यान्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मानस्वरूप यो दिनलाई विशेष दिनको रुपमा मनाइँदै आइएको हो । विकाशोन्मुख देशहरूका लागि रेमिट्यान्स जीवन निर्वाहको मुख्य श्रोत हो । 

यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिट्यान्स देशको अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ ।

Logo