एमालेको विरोधकै बीच संसदमा अर्थमन्त्री शर्माले जवाफ दिँदै

एमालेको विरोधकै बीच संसदमा अर्थमन्त्री शर्माले जवाफ दिँदै


अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । बजेट निर्माणको बेला बिचौलियालाई अर्थ मन्त्रालयमै बोलाएर करका दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको छ । 

तर एमालेका सांसदले आफ्ना ठाउँबाट उभिएर विरोध गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिन समय दिएका छन् ।  

बैठकमा एमालेका सांसदले उठेर विरोध जनाइरहेका छन् भने अर्थमन्त्रीले बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका छन् । 

Logo