७ दशमलव ५७ अंकले घट्यो शेयर बजार, ७३ करोड ६२ लाखको कारोबार

७ दशमलव ५७ अंकले घट्यो शेयर बजार, ७३ करोड ६२ लाखको कारोबार


कारोबार हुने साताको अन्तिम दिन शुक्रबार  शेयर बजार घटेको छ । बिहीबार १२ दशमलव ५७ अंकले बढेको बजार आज ७ दशमलव ५७ अंकले घटेर १ हजार ९७१ दशमलव ३६ विन्दुमा झरेको हो । 

शुक्रबार २२० वटा धितोपत्रको २३ लाख ५४ हजार ९११ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ७३ करोड ६२ लाख ३५ हजार २९८ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

शुक्रबार १३ वटा समूहमा म्युचल फण्ड समुहको परिसूचक झिनो अंकले बढेको छ भने बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । 

आज आधिँखोला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यका सकारात्क सर्किट लागेको छ भने सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको १० करोड १४ लाख ७० हजार ८७९ रुपैयाँको शेयर खरिद विक्री भयो ।

Logo