आफ्नो घरमा १ महिना १०० वटा साङ्ला पाल्दा साढे २ लाख कमाई

आफ्नो घरमा १ महिना १०० वटा साङ्ला पाल्दा साढे २ लाख कमाई


अमेरिकाको नर्थ क्यारोलिनामा एक महिनाका लागि आफ्नो घरमा साङ्ला पाल्दा दुई लाख रुपैयाँ (दुई हजार ओमरिकी डलर) पुरस्कार पाउने भएका छन् । 

त्यहाँ पेस्ट इन्फर्मर नामको एक किट नियन्त्रक संस्था तथा मिडिया कम्पनीले हालै यस्तो एक विज्ञापन प्रकाशित गरेको छ । उक्त कम्पनीले एउटा अध्ययन गर्दैछ, जसका लागि स्वयंसेवक साङ्लापालकहरु आवश्यक परेको कम्पनीले जनाएको छ ।

उक्त कम्पनीले थरीथरीका साङ्ला प्रतिरोधी उपचारको असर पत्ता लगाउनका लागि अनुसन्धान गर्न थालेको हो । उक्त कार्यक्रममा सहभागी हुने घरधनीले आफ्नो घरमा १ सय वटा साङ्ला राख्ने अनुमति दिनुपर्नेछ । ३० दिनका लागि शोधकर्ताहरुले ती साङ्लाहरुमाथि अनुसन्धान तथा परीक्षण गर्नेछन् । किटपतंग भगाउने विशेष प्रविधिको परीक्षण उल्लेखित साङ्लाहरुमाथि गरिनेछ र त्यस्तो विधिको प्रभावकारीताको जाँच गरिनेछ ।

यति निर्धारित समयमा परीक्षण पूरा नभएमा त्यसलाई साङ्ला नियन्त्रणको परम्परागत विधिमा प्रयोग गरिनेछ, त्यसकालागि कुनै पनि रकम लिइनेछैन । आफ्नो परियोजनामा साङ्लामाथिको परीक्षणका लागि कम्पनीले केवल ५र७ वटा घरधनीको मात्रै खोजी गरेको हो । तर साङ्लालाई घर भाडामा दिने विज्ञापन प्रकाशित गरेसँगै इच्छुकहरुको ताँती लागेको छ । एक हप्तामै २५ सय भन्दा धेरै आवेदन प्राप्त भएको कम्पनीका मालिक डेभिड फ्लोएडले बताएका छन् । 

पेरिप्लानेटा अमेरिकाना प्रजातिको अमेरिकी साङ्ला आम साङ्लामध्ये सबैभन्दा ठूलो साङ्ला हो । उक्त साङ्ला अफ्रिका तथा मध्यपूर्वबाट अमेरिका पुगेको हो । १७औँ सताब्दीमा जहाजको माध्यमबाट उक्त साङ्ला पहिलोपटक अमेरिका पुगेको हो । त्यसयता यो प्रजातिको साङ्ला अमेरिकीहरुका लागि टाउको दुखाइको विषय बनिरहेको छ । साङ्लाका हजारौँ प्रजातिहरु छन् जसले अनेक खालका रोग फैलाउने काम पनि गर्दछन् ।

वैज्ञानिकहरुका अनुसार साङ्लाहरु किटनाशक औषधि तथा विषादी प्रतिरोधी बन्दी गएको हुँदा यसको नियन्त्रण चुनौतिपूर्ण बनिरहेको छ । 

Logo