सीता एयर र माउन्टेन हेलिकप्टरद्धारा विहानैबाट उडान भर्न सुरु

सीता एयर र माउन्टेन हेलिकप्टरद्धारा विहानैबाट उडान भर्न सुरु


दुर्गम क्षेत्रमा उडान गर्दै आएको सीता एयरले विहानैबाट उडान भर्न सुरु गरेको छ । 

नेपालगन्जबाट हुम्लाको सिमिकोटका लागि बुधबार विहानैबाट नियमीत उडान सुरु गरेको हो । साथैमाउन्टेन हेलिकप्टरले पनि विहानैबाट उडान सुरु गरेको छ । यस्तै यती र तारा एयरले पनि आफ्नो नियमीत उडान सुचारु गरिरहेको छ ।  

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच मंगलबार मध्य राती भएको वार्तामा सहमति भएसँगै  नियमीत उडान गर्ने सहमति भएको थियो । यसअघि आफ्ना माग पुरा नभए आजदेखी आन्तरिक उडान बन्द गर्ने चेतावनी वायु सेवा संचालनक संघले दिएको थियो । 

Logo