काठमाडौं,
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच जीवन बिमा पोलिसीहरू खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमति पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापत्र अनुसार अब यस बैंकका ग्राहक महानुभावहरूले यस बैंकको मुलुकभर फैलिएको ८५ वटै शाखा कार्यालयहरूबाट सहज रूपमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा पोलिसीहरू खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
प्रकाशित: ११ असार २०७६ ०७:४१ बुधबार