१६ असार २०७९ बिहीबार
1
1
1
1

खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

1
1
1
1

 निर्वाचन आयोगले पालिका चुनावको खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ । 

आयोगले खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको विवरण तयार पारेर कारबाहीको सिफारिससहित आयोगमा पठाउन जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ र निर्वाचन नियमावली २०७३ अनुसारको ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ । 

विवरण नबुझाउने उम्मेदवारलाई सिफारिसका आधारमा कारबाही गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

अर्थ संसार

प्रकाशित: ८ असार २०७९ १८:५२ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी