यस्तो छ, आजको तरकारी तथा फलफूलको बजार मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको बजार मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारीको बजार मूल्य सार्वजनिक गरेको छ । 

जस अनुसार आज ठूलो भारतीय गोलभेँडाको मूल्य ९० रुपैयाँ प्रतिकेजी रहेको छ भने लोकल सानो गोलभेँडाको मूल्य २४ रुपैयाँ मात्रै रहेको छ । त्यसैगरी टनेलको सानो गोलभेँडाको मूल्य भने ३४ रुपैयाँ रहेको छ ।

त्यसैगरी रातो आलु ४६ रुपैयाँ पर्दछ भने रातो आलु मुडेको ३६ रुपैयाँ रहेको छ । सेतो आलु ३५ रुपैयाँ रहेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आज दिएको तरकारी तथा फलफूलको मूल्य विवरण हो ।

बाहिर बजारमा यसको खुद्रा मूल्य फरक पर्न सक्छ । लोकल बन्दा ७० रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ पर्दछ । त्यसैगरी तने बोडी ४०, घिउसिमी ५०, लाम्चो भन्टा १८, घिरौँला ५० रुपैयाँ , स्कुस ५०, रुपैयाँ रहेको छ । यो न्यूनतम मूल्य हो । अधिकतम अझै फरक पर्न सक्छ ।

Logo