शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो

शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम बढ्यो


कारोबार हुने साताको पाचौँ दिन बिहीबार (आज)  शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बुधबार ४५ दशमलव २५ अंकले घटेर १ हजार ८४८ दशमलव २८ विन्दुमा झरेको छ । 

बिहीबार २३७ वटा धितोपत्रको ५० लाख ८ हजार ७७१ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

बिहीबार १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बिकास बैंक समूहको ३ दशमलव ७९ प्रतिशतले घटेको हो । बिहीबार पनि आधिँखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढी कुमारी  बैंकको ९५ करोड ३ लाख १२ हजार ५१० रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो । 

Logo