विदेशी मुद्राको आजको विनिमय दर

विदेशी मुद्राको आजको विनिमय दर


नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ५९ पैसा तोकेको छ ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो तर बिहीबारको तुलनामा आज शुक्रबार कमि आएको छ । बिहीबार एक डलरको विनिमयदर १ सय २५ रुपैयाँ ७२ पैसा थियो । 

आज युरो १ को खरिददर १३१.४८ पैसा र विक्रीदर १३२.११ पैसा रहेको छ । यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६.१९ पैसा विक्रीदर ८६.६० पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९.२४ पैसा र विक्रीदर ९.२८ पैसा रहेको छ । चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ भने विक्रीदर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ । 

Logo