प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य


नेपाली बजारमा सुनको मूल्य आइतबार (आज) घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको छ ।

Logo