हेटौंडा उपमहानगरले २ अर्ब ७१ करोड ७९ लाखको बजेट ल्यायो

हेटौंडा उपमहानगरले २ अर्ब ७१ करोड ७९ लाखको बजेट ल्यायो


मकवानपुर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नेकपा एमालेले बहिष्कार गरेपश्चात् असार १० गते बजेट ल्याउन नसकेको उपमहानगरले आइतबार ११ औं नगरसभाको दोस्रो बैठकमा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । 

उपमेयर राजेश बानियाँका अनुसार पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख, आर्थिक विकासतर्फ १९ करोड ६९ लाख, सामाजिक विकासतर्फ ६६ करोड १५ लाख, स्वास्थ्यतर्फ ९ करोड ५३ लाख, युवा तथा खेलकुदतर्फ ३ करोड ७३ लाख, महिला तथा बालबालिकाका लागि ३ करोड ५८ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १२ करोड ६ लाख, संस्थागत विकास र सेवा प्रवाहतर्फ ७ करोड ३३ लाख, अन्य विविध शीर्षकमा ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

Logo