महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्छ : उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू

महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्छ : उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगी नियन्त्रणका लागि सरकारले देशव्यापी बजार अनुगमन गर्ने  बताएका छन् । बुधवार वाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्न लागेको बताए । 

उनले सरकारले संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन प्रभावकारी बनाउने बताउनु भयो । मन्त्री बडूले इन्धनको एक्कासी मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्यवृद्धि घटाउन र उपभोक्तालाई राहत दिन देशभर एकैसाथ एउटै समयमा अनुगमन गर्ने तयारी गरेको बताए । उनले देशव्यापी बजार अनुगमन गर्न र मूल्य नियन्त्रण गर्न अनुगमन तथा निरीक्षण अधिकृत तोक्न जिल्ला प्रसासन र स्थानीय तहलाई पत्राचार गरिसकिएको पनि बताए ।  इन्धनको मूल्य उच्चरुपमा बढ्दै गएसँगै आकाशिएको बजार मूल्य नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको उनको जिकिर छ । 

उनले भने,‘सरकारले बजार अनुगमनको विधि परिवर्तन गर्नुपर्छ । जनताले अनुभुति हुने गरी प्रभावकारी भयो भने घट्न जरुरी हुन्छ । त्यो स्थिति सरकारले निर्माण गर्नुपर्छ । मन्त्रालयको अनुगमन निकाय, अन्य मन्त्रालयका निकाय,सात वटै प्रदेशका निकाय,निर्देशनालयहरु र ७७ वटै जिल्लाका जिल्ला अनुगमन अधिकारीहरु, प्रहरी तथा ७५३ वटै स्थानीय तहमा पनि अनुगमन अधिकार तोक्न निर्देशन दिएका छौं । यी सबै निकायमा एकसाथ एकै समयमा अनुगमन गर्नुपर्छ । सरकारले बजार अनुगमनको संयुक्त र एकीकृत एकसाथ एक समयमा गर्नुपर्छ गर्छौं । त्यहाँ की राज्य बजार अनुगमन र मूल्य नियन्त्रणप्रति सेचत छ भन्नेकुरा देखिन्छ ।’

मन्त्री बडूले नेपाल आयल निगमको कर नघटाईकन मूल्य घटाएको भन्ने प्रश्नको जवाफ दिँदै अर्थ मन्त्रालयले शोधभर्ना दिने भएकाले मूल्य घटाएको बताए । उनले कर घटाउने र कर बढाउने कुरा अर्थ मन्त्रालयको जिम्मेवारी भित्र रहेको बताए । यो । मन्त्री बडूले मन्त्रीपरिषद्को निर्णयले आयल निगमले मूल्य घटाएको र अहिले निगमले घटाएको मूल्यमा खरिद गरिरहेको दाबी  गरे । 

उनले करको दर घटाउने कुरामा अर्थ मन्त्रालयसँग कुनै विवाद नभएको बताउनु भयो । मन्त्री बडूले कर कहाँ समायोजन गर्ने, कति घटाउने, अर्थमन्त्रालयको काम भएकाले कर नघटाए राज्य कोषबाट इन्धन किन्न पैसा दिनुपर्ने बताए । उनले भने, ‘कर घटाउने र कर बढाउने कुरा विशुद्ध अर्थ मन्त्रालयको कुरा हो । अर्थमन्त्री नै त्यसको बारेमा जिम्मेवार हो र उहाँले आफ्नो काम गर्नुभयो । तेलको मूल्य घटेर पनि कम मूल्य तिर्न लागिसकेका छन् जनताले यो यथार्थ होनी । मन्त्रीपरिषद्को निर्णयमा अर्थमन्त्री पनि सहभागि हुनुहुन्छ । कर घटेको अथार्थ हो । कर घटाउने कुरा अर्थ मन्त्रालयको हो । कहाँ कति घटाउने वा नघटाई राज्य कोषबाट तेल किन्न पैसा दिने आयल निगमलाई एउटै कुरा त भयो । जसका कारण आयल निगमले घटाइसक्यो । यसमा धेरै विवादको विषय छैन । मन्त्रीपरिषद्ले निर्णय गरिसक्यो । कर कहाँ कति समायोजन गर्ने उसको विषय भयो । मन्त्रीपरिषद्को निर्णयको कारण मूल्य घटेको छ । जनताले घटेको मूल्यमा डिजेल र पेट्रोल किन्न थालेका छन् ।’

मन्त्री बडूले इन्धनको मूल्य घटाएपनि बजारमा त्यसको कार्यान्वयन भए-नभएको निगरानी गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताए । यातायातको ढुवानी बढेकाले बजारमा मूल्यवृद्धि बढेको र यातायात मन्त्रालयलाई ढुवानी भाडा नियन्त्रण गर्न आग्रह गरेको दाबी गरे । 

 

Logo