रुस-युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थपियो : गभर्नर महाप्रसाद अधिकारी

रुस-युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थपियो : गभर्नर महाप्रसाद अधिकारी


 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस-युक्रेन युद्धको असरले देशको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन् ।  हिजो नेपाल चार्टर्ड अकाउन्टेन्ट सङ्घको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताए । 

गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा सङ्कट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए । उनले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताए । 

देशको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको अधिकारीको भनाइ छ । गभर्नर अधिकारीले चार्टर्ड अकाउन्टेन्टहरुले दिने भूमिका मौद्रिक नीतिमा महत्त्वपूर्ण हुने गरेको  उनको तर्क छ । 

यस्तै कार्यक्रममा बोल्दै सङ्घका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टर्ड संघ तयार रहने बताए । 
 

Logo