फक्सवागन भर्टसमा देखियो ग्राहकको क्रेज, कहाँ देखि उपलब्ध हुन्छ ?

फक्सवागन भर्टसमा देखियो ग्राहकको क्रेज, कहाँ देखि उपलब्ध हुन्छ ?


भारतमा २ हप्ताअघि लन्च भएको फक्सवागन भर्टसमा ग्राहकले अत्याधिक रुची देखाएका छन् । यो अवधिमा कम्पनीले ४ हजार युनिट कार वुकिङ लिएको र सो मध्ये २ हजार युनिट डेलिभरी दिइसकेबाट पनि यो सेडान कारमा ग्राहको क्रेज वढिरहेको प्रष्ट हुन्छ ।

साना र कम्प्याक्ट एसयुभीको बिक्री बढिरहेको भारतीय बजारमा सेडान सेग्मेन्टको यो कार अत्याधिक सफल हुने संकेत देखिएको छ । फक्सवागनले यसको सुरुवाती मूल्य ११ लाख २१ हजार भारु कायम गरी विक्री शुरु गरेको थियो । यो नयाँ कार कुल ४ भेरियन्टमा उपलब्ध रहँदै आएको छ ।

फक्सवागनले यो नयाँ कारमा १० इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, कनेक्टेड कार टेक्नोलोजी, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कीलेस इन्ट्री, वायरलेस चार्जिङ, रियर एयर कन्डिसन, एम्बियन्ट लाइटिङ, कनेक्टेड कार टेक्नोलोजी, इलेक्ट्रिक सनरुफ, क्रुज कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट फिचर दिइएको छ ।

यसमा ४० भन्दा बढी सेफ्टी फिचर दिइएको छ । यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफरेन्सियल सिस्टम, मल्टि–कोलिजन ब्रेक, रियर पार्किङ क्यामेरा, आइएसओफिक्स चाइल्ड सिट माउन्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, एबीएस, ईबीडी, फ्रन्ट र रियर पार्किङ सेन्सर दिइएको छ ।

यो नयाँ कारमा १.० लिटर टीएसआई टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ११० बीएचपी पावर र १७० एनएमको टर्क जेनेरेट गर्छ । साथै यसमा १।५ लिटर इन्जिन पनि रहेको छ, जसले १५० एचपी पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स, ६ स्पिड अटोमेटिक टर्क कन्भर्टर र ७ स्पिड डिएसजी अटोमेटिक गियर समावेश छ ।

यो नयाँ कार नेपालमा भने भदौमा आयोजना हुने नाडा अटो सोदेखी उपलब्ध हुन सक्ने संभावना देखिएको छ । हाल सरकारले असार मसान्तसम्मका लागी कम्वस्चन इन्जिनयुक्त गाडीको आयतमाथी प्रतिवन्ध लगाएका कारण उक्त प्रतिवन्ध हट्ने वित्तिकै यो कार नेपाल आउन सक्ने संभावना देखिएको हो ।

Skip This
Logo