1

आईएमई पे र आईसीएफसीबीच सम्झौता

1
1
1

काठमाडौं,

आईएमई ग्रुपद्वारा प्रर्वधित आईएमई पे र आईसीएफसी फाइनान्सबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार आईसीएफसी फाइनान्स आईएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ । आईसीएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आईएमई डिजिटलमा रकमान्तर गर्न र आईएमई पे मार्फत विभिन्न सेवाहरूको भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच आईएमई पेका तर्फबाट सञ्चालक खिलेन्द्र पौडेल र आईसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख सञ्जय थपलियाले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित: १५ असार २०७६ ०८:०२ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी