रोयल इन्फिल्डको नयाँ मूल्य सार्वजनिक, यस्तो छ मूल्यसुची

रोयल इन्फिल्डको नयाँ मूल्य सार्वजनिक, यस्तो छ मूल्यसुची


नेपाली बजारमा उपलब्ध रोयल इन्फिल्ड मोटरसाइकलको मूल्य भारी मात्रामा घटाइएको छ ।

रोयल इन्फिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले करिब दुई महिनाको अवधिमा दुई पटक मुल्य परिमार्जन गर्दै घटाएको हो ।

नयाँ परिमार्जन गरिएको मूल्य अनुसार क्लासिक ३५० ब्ल्याकको मूल्य ६ लाख ४० हजार रुपैयाँ र ब्याटल ग्रिन, गन ग्रे, रेडिच रेड र एसको मूल्य ६ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यसअघि यी सबै कलर मोडलको मूल्य ७ लाख रुपैयाँ रहेको थियो ।

यस्तै मेटियर ३५० फायरबल सबै कलर भेरिएन्टको मूल्य ८ लाख ३० हजार, मेटियर स्टेलरका सबै कलरको मूल्य ८ लाख ५० हजार र मेटियर सुपरनोभाका सबै कलरको मूल्य ८ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।

यसअघि सबै कलरका मेटियर ३५० को मूल्य ८ लाख ७५ हजार देखि ९ लाख ३५ हजार रुपैयाँ सम्म रहेको थियो ।

यस्तो छ मूल्य सुचि :

 

Logo