रामेछाप बस दुर्घटना : फाल हानेर जोगिए चालक

रामेछाप बस दुर्घटना : फाल हानेर जोगिए चालक


रामेछापको सुनापाती गाउँपालिका लुभुघाटमा आज मङ्गलवार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । अन्य २२ जना घाइते छन् । 

सामान्य घाइते भएका गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक उपचारपछि घर फर्किएका छन् । अन्य २० जनाको उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार गाडीमा चालक सहचालकसहित ३५ जना रहेका थिए । उनीहरूमध्ये चालक भने गाडी घुम्तीबाट खस्नै लाग्दा फाल हानेका कारण ठूलो घाइते हुनबाट जोगिएका छन् । उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । 

आज बिहान ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाण्डौ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुवाहक बस १० बजेतिर लुभुघाटमा दुर्घटनामा परेको थियो । 

 

Logo