चीनमा होटल भत्किँदा २९ जनाको मृत्यु

चीनमा होटल भत्किँदा २९ जनाको मृत्यु


शाङ्सी ।

चीनको उत्तरी प्रान्त शाङ्सीमा एउटा होटल भत्किँदा मृत्यु हुनेको संख्या २९ जना पुगेको छ ।

स्थानीय अधिकारीहरुले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त भएको बताएका छन् ।

शनिबार बिहान दुई तले होटल भत्किएर १७ जनाको मृत्यु भएको तथा २८ जना घाइते भएको विवरण प्राप्त भएको थियो । घाइतेमध्ये अझै पनि सात जनाको अवस्था गम्भीर रहेको छ ।

होटल भत्किनुको कारणका बारेमा स्थानीय अधिकारीहरुले अनुसन्धान शुरु गरेका छन् । उक्त घटनाको छानबिनका लागि एक समिति नै बनाइएको छ ।रासस

Logo