कामना सेवा विकास बैंकको ‘केएस डिजिवर्ल्ड’ सार्वजनिक

कामना सेवा विकास बैंकको ‘केएस डिजिवर्ल्ड’ सार्वजनिक


कामना सेवा विकास बैंकले अनलाइन पोर्टल ‘केएस डिजिवर्ल्ड’ सञ्चालनमा ल्याएको छ ।

आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल केएस डिजिवर्ल्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यो सेवा लागू भएपछि बैंकका ग्राहकले बैंकको वेबसाइट वा मोबाइल एपमार्फत अथवा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

केएस डिजिवल्र्डमा अनलाइन खाता, अनलाइन ऋण आवेदन, अनलाइन डिम्याट र मेरो सेयर, अनलाइन कार्ड रिक्वेस्ट, अनलाइन क्यूआर रिक्वेस्ट, अनलाइन ग्राहक केन्द्र सेवालगायतका सेवाहरू उपलब्ध रहेको बैंकले जनाएको छ ।

Logo