दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १ अर्ब ७० करोडमै सीमित

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १ अर्ब ७० करोडमै सीमित


मंगलबार सेयर बजार दाहोरो अंकले बढेको छ । सोमबार ७७ दशमलव शून्य १ अंकले घटेको बजार आज ११ दशमलव ६८ अंकले घटेर १ हजार ९२७ दशमलव २८ विन्दुमा पुगेको हो ।  

मंगलबार सेयर बजार बढेपनि  कारोबार रकम घटेको छ । आज २२६ वटा धितोपत्रको ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर १ अर्ब ७० करोड ७७ लाख  ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सेञ्जले जनाएको छ ।  
        
मंगलबार १३ वटै समूहको परिसूचक बढेकोे छ । सप्तकोशी डेभलप्मेनट बैंकको सेयर मूल्य ९ दशमलव ३५ प्रतिशतले बढेको छ भने कारोबार रकमको आधारमा अरुण कावेली पावरको सर्वाधिक ७ करोड ९५ लाख भन्दा बढीको सेयर कारोबार भयो ।
 

Logo