1
1
Kendrabindu - News & Articles from Nepal

भारतबाट आउने तरकारीमा ८० प्रतिशतभन्दा बढी विषादी

1
1
1
1
1
1
1

काठमाडौं । भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँचपछि मात्र भित्र्याउने निर्णयबाट सरकार पछि हटेको छ । जेठ १० गते मन्त्रिपरिषद् बैठकले भारतबाट आउने तरकारी र फलफूलमा विषादी जाँच गर्ने निर्णय गरेको थियो । उक्त निर्णय असार २ गतेबाट लागू भएको थियो । सीमा नाकामा चेकजाँचपछि मात्र नेपाल भित्रिन थालेपछि भारतले विरोध ग¥यो ।

भारतीय दबाबका कारण असार १९ गतेको मन्त्रिपरिषद् बैठकले आफ्नो पुरानो निर्णय फिर्ता लियो । निर्णय फिर्ता लिएसँगै सीमा नाकाबाट निर्वाध रुपमा भारतीय तरकारी र फलफूल नेपाल भित्रिन थालेका छन् । जसको चौतर्फी विरोध सुरु भएको छ । तयारी पूर्व नै सरकारले उक्त निर्णय गरेको र अहिले आएर भारतसँग झुक्न बाध्य भएको भन्दै आलोचना भईरहेको हो ।

एकातिर सरकारको आलोचना भइरहेको छ भने अर्कोतिर उपभोत्ताहरु स्वस्फुर्त रुपमा भारतीय तरकारी वहिस्कार अभियानमा लागेका छन् । अर्को महत्वपूर्ण तथा आम नेपालीको स्वास्थ्यमा भारतले कसरी खेलबाड गर्दै आएको छ भन्ने तथ्य फेला परेको छ ।

भारतबाट आयातित तरकारीमा ८० प्रतिशत भन्दा बढी विषादी भेटिएको सरकारी तथ्यांकले नै देखाएको छ । बजारमा आउने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेभसाइटमा राखिएको परीक्षणले यस्तो देखाएको हो ।

२०७३ सालमा गरिएको विषादी परीक्षण । तथ्यांकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ।

आजभन्दा साढे दुई वर्ष अघि गरिएको परीक्षणमा भारतबाट आयात गरिएको तरकारीमा ८० प्रतिशतसम्म विषादी भेटिएको हो । जबकी कुनै पनि तरकारी वा फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा देखिएमा उपभोग गर्न योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतभन्दा बढी भएमा केही दिन राखेर प्रयोग गर्न सकिने र ४५ प्रतिशतभन्दा बढी भएमा नष्ट गर्नुपर्ने हुन्छ ।

तर २०७३ सालमा गरिएको नमुना परीक्षणमा भारतबाट आयातित गोलभेडामा ६५ देखि ८३ प्रतिशतसम्म विषादीको मात्रा देखिएको थियो । अहिले भने समितिले आफ्नो वेबसाइटमा विषादी परीक्षणबारे केही पनि अपडेट गरेको छैन् ।

कृषि विज्ञहरुले भने भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी रहेको दाबी गरेका छन् । रसायनिक मल र धेरै मात्रामा विषादी हालेर उत्पादन गरिएको स्वास्थ्यको लागि हानिकारक रहेको कृषि विज्ञ कृष्णप्रसाद पौडेलको भनाई छ । लामो समयदेखि अत्यधिक विषादी मिसाइएको तरकारी आइरहेको भए पनि सरकार मौन बसेको उनको आरोप छ । चेक जाँच गर्ने सरकारको निर्णयले केही राहत महशुस गरे पनि फेरि पछिल्लो निर्णयले उपभोक्तामाथि सरकारले अन्याय गरेको उनको भनाई छ ।

अन्ततः भारतले झुकायो, २ महिना पनि टिक्न सकेन सरकारको निर्णय

प्रकाशित: २१ असार २०७६ १५:४५ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी