अपर सोलुको आईपीओ बाँडफाँट

अपर सोलुको आईपीओ बाँडफाँट


अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बाटफाँड गरेको आईपीओ १ लाख ८२ हजार ४७ जनाले हात पारेका छन् ।

गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा उनीहरुले १० कित्ताको दरले शेयर पाएका हुन् । यीमध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन्।

शेयरका लागि १४ लाख ४६ हजार ९ सय ८५ जनाले आवेदन दिएका थिए । तीमध्ये एक हजार ७ सय ९१ जनाको आवेदन रद्द भएको थियो।

 

Logo