सुडान हिंसामा ३३ जनाको मृत्यु

सुडान हिंसामा ३३ जनाको मृत्यु


सुडानमा दुई जनजातिबीच जारी झडपमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

सुडानको ब्लु नाइल राज्यमा भएको हिंसाबाट भाग्न दर्जनौँ परिवार सुरक्षित क्षेत्रतर्फ भागेका छन् । स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार झडपमा कम्तीमा १०८ जना घाइते भएका छन् । बर्टी र हवसा जनजातिबीच जग्गा विवादलाई लिएर सोमबार हिंसा भड्किएको थियो । हिंसापछि १६ पसलमा आगजनी गरिएको छ । 

‘हामीलाई स्थिति नियन्त्रण गर्न थप सेना चाहिन्छ’, अल–रोसेरेस शहरका स्थानीय अधिकारी एडेल अगरले भने । उनका अनुसार झडपपछि धेरै मानिसहरू प्रहरी चौकीमा शरण लिन खोजिरहेका थिए । 

मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । हिंसालाई न्युन गर्न मध्यस्थकर्ता आवश्यक भएको उनले बताए । अशान्ति नियन्त्रण गर्न सेना तैनाथ गरिएको छ भने शनिबारदेखि राति कर्फ्यु लगाइएको छ । ब्लु नाइलका गभर्नर अहमद अल–ओम्दाले एक महिनाको लागि कुनै पनि जमघटमा निषेध गरिएको बताए ।

एजेन्सी

Logo