दश महिनामा दुई खर्ब २३ अर्बभन्दा बढीको बैदेशिक सहायता प्रतिवद्धता प्राप्त

दश महिनामा दुई खर्ब २३ अर्बभन्दा बढीको बैदेशिक सहायता प्रतिवद्धता प्राप्त


गत आर्थिक वर्ष २०७८.७९ को पहिलो दश महिनामा नेपालले २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । 
२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । 

प्राप्त बैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ८९ अर्ब १७ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब ३४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । 
बैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमसः ३९.८ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ । 

मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको पहिलो १० महिनामा बैदेशिक सहायता प्रतिबद्धतामा १०।६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले २ खर्ब २ अर्ब २८ करोड रुपैयाँको बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । 
कुल बैदेशिक सहायता प्रतिबद्धतामध्ये युएसएआइडी, आइएमएफ, विश्व बैंक र एशियाली विकास बैंकको त्रमसः ३५.६ प्रतिशत, २०.९ प्रतिशत, १७.४ प्रतिशत र १२.३ प्रतिशत रहेको छ । 

बैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी बजेटरी सहायतामा ६९.२ प्रतिशत र सबैभन्दा कम खानेपानी तथा सरसफाई क्षेत्रमा १.४ प्रतिशत प्राप्त भएको छ । 

Logo